सक्रिय महिला बचत तथा ॠण सहकारी संस्था लि.

वि.सं.२०५४ सालमा सविकको फाखेल गा.वि.स.का आमा दिदी बहिनीहरू एकत्रित गरि तिनीहरुको समुहको गठन गरि मिति २०५६ साल मंसिर १० गते ४२ जना शेयर सदस्यहरूबाट विधिवत् रुपमा स्थापना भएको सक्रिय महिला साकोसले यहाँ सम्म आइपुग्दा आफ्नो सेवाको २५ औं वर्षमा निरन्तर सदस्य माझमा रहेको छ ।
गरिबी, अशिक्षा, लैङ्गिक विभेद लगायतका समस्याहरूलाई न्यूनिकरण गर्दै सामाजिक तथा आर्थिक परिर्वतनका लागि साविकको फाखेल गाविस हाल इन्द्रसरोवर गाउँपालिका वडा नं. ४ र ५ का बालबालिकाको शैक्षिक विकास तथा महिलाहरूको सामाजिक सचेतना तथा आर्थिक आत्मनिर्भरताको उद्देश्यले महिलाहरूको समृद्धिको सपना लिएर उभिएको संस्था आज राष्ट्रिय ब्राण्ड “पूर्ण व्यवसायिक साकोस विकास कार्यक्रम” प्रोवेशन कार्यक्रममा सहभागी भई सफलता समेत प्राप्त गरि आफ्नो दिगोपना र सदस्यहरूलाई गुणस्तरीय सेवा प्रदान गर्न सक्षम भएका छौं ।
यसै गरि २५ बर्ष सम्म आईपुग्दा निरन्तर २ पटक प्रोवेशन ब्राण्ड प्राप्त गरि उत्कृष्ट सहकारीको रुपमा उभिन सफल भएका छौं ।जिम्मेवार र लगलशील कर्मचारी, क्रियाशिल सञ्चालकका साथै इमान्दार धैर्यवान सदस्यहरूकै कारण संस्था सफलताको निरन्तर यात्रामा छ ।
- जवाफदेही सञ्चालक, दक्ष जनशक्ति र प्रविधिको प्रयोग गरी सदस्यमैत्री वित्तीय तथा गैरवित्तीय सेवा मार्फत् जन जिविकामा सुधार ल्याउने ।
- आत्मनिर्भर सदस्य, उत्कृष्ट सहकारी संस्था ।