
विश्वका निम्न आयस्तर भएका जनताहरुले आफैले आफ्नो आत्मनिर्भरताको लागि “एकका लागि सबैका, सबैका लागि एक” भन्ने मूल भावलाई आत्मसाथ गर्दै सामुहिक व्यवसायको रुपमा सन् १८४४ मा बेलायतबाट शुरुवात गरिएको सहकारीको अभ्यास नेपालमा औपचारिक प्रारम्भ वि.स. २०१३ चैत्र २० बाट भएको पाइन्छ ।
नेपाल सरकारले सहकारी नियमावली २०४८ निर्माण गरि सहकारी व्यवसायलाई कानुनत व्यवस्थीत गर्दै नेपालको अर्थव्यवस्थाको तथा जनताको आर्थिक सामाजिक विकासको महत्वपूर्ण पाटोको रुपमा लिदै आएकोमा प्रचलित नेपाल कानुन तथा अन्तरिम संविधान २०६३ र नेपालको नयाँ संविधान २०७२ ले सहकारी व्यवसायलाई राष्ट्रिय आर्थिक विकासको तिन खम्बा मध्ये एकको रुपमा स्वीकार गरी सहकारीको माध्यमबाट विपन्न वर्ग र पहुँच विहिनहरुको सामुहिक व्यवसायको रुपमा स्थापित हुने अवसर पाएको महशुस गर्न सकिन्छ ।
नयाँ सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ प्रदेश सहकारी ऐन, स्थानीय सहकारी ऐन ले सहकारीहरुलाई अझ व्यवस्थीत तथा नियमन गर्न खोजिएको छ । यसरी सहकारीबाट प्रत्यक्ष परोक्ष रुपमा पहुँच विहिन तथा निम्न आयस्तर भएका र महिलाहरुको लागि भने आत्मनिर्भरताको र स्वरोजगारको मुख्य आधार हो । स्वरोजगार हुन चहाने युवाहरुको लागि एउटा कोशेढुङ्गा हो ।
भने सहकारी व्यवसायलाई दुरुपयोग गर्दै व्यक्तिगत पेशाको रुपमा अपचलन हुन सक्ने तर्फ सरकार र हामि सहकारी सदस्यहरु सचेत भएर साचै सहकारीको मर्म अनुसार सरकार, सहकारीहरु र सदस्यहरुले कर्म गरियो भने राष्ट्र कै आर्थिक आत्म निर्भरताको मुख्य आधार हुन सक्दछ ।
वि.सं.२०५४ साल देखि सविकको फाखेल गा.वि.स.का आमा दिदी बहिनीहरु एकत्रित गरि तिनको महिला समुहको गठन गरि मिति २०५६ साल मंसिर १० गते ४२ जना शेयर सदस्यहरुबाट विधिवत रुपमा स्थापना भएको सक्रिय महिला साकोसले यहाँ सम्म आइपुग्दा २३ औं वर्ष पार भैसकेको अवस्था छ ।
गरिबी, अशिक्षा, लैङ्गिक विभेद लगाएतका समस्याहरुलाई न्यूनिकरण गर्दै सामाजिक तथा आर्थिक परिर्वतनका लागि साविकको फाखेल गाविस हाल इन्द्रसरोवर गाउपालिकाका वडा नं. ४ र ५ का बालबालिकाको शैक्षिक विकास तथा महिलाहरुको सामाजिक सचेतना तथा आर्थिक आत्मनिर्भरताको उद्देश्यले महिलाहरुको समृद्धीको सपना लिएर उभिएको संस्था आज राष्ट्रिय ब्राण्ड “पुर्ण व्यवसायीक साकोस विकास कार्यक्रम” प्रोवेशन कार्यक्रममा सहभागी भैई सफलता समेत प्राप्त गरि आफ्नो दिगोपना र सदस्यहरुलाई गुणस्तरिय सेवा प्रदान गर्न सक्षम भएका छौं ।
यहाँ सम्म आईपुग्दा निरन्तर २ पटक प्रोवेशन ब्राण्ड प्राप्त गरि उत्कृष्ट सहकारीको रुपमा उभिन सफल भएका छौं । जिम्मेवार र लगलशिल कर्मचारी, क्रियाशिल सञ्चालकका साथै इमान्दार धैर्यवान सदस्यहरुमा हार्दिक आभार प्रकट गर्न चाहन्छु ।