
वि.सं.२०५४ सालमा सविकको फाखेल गा.वि.स.का आमा दिदी बहिनीहरू एकत्रित गरि तिनीहरुको समुहको गठन गरि मिति २०५६ साल मंसिर १० गते ४२ जना शेयर सदस्यहरूबाट विधिवत् रुपमा स्थापना भएको सक्रिय महिला साकोसले यहाँ सम्म आइपुग्दा आफ्नो सेवाको २५ औं वर्षमा निरन्तर सदस्य माझमा रहेको छ ।
गरिबी, अशिक्षा, लैङ्गिक विभेद लगायतका समस्याहरूलाई न्यूनिकरण गर्दै सामाजिक तथा आर्थिक परिर्वतनका लागि साविकको फाखेल गाविस हाल इन्द्रसरोवर गाउँपालिका वडा नं. ४ र ५ का बालबालिकाको शैक्षिक विकास तथा महिलाहरूको सामाजिक सचेतना तथा आर्थिक आत्मनिर्भरताको उद्देश्यले महिलाहरूको समृद्धिको सपना लिएर उभिएको स...