हामी अब २५ वर्षमा ।
०९ मंसिर २०८१, आइतबार

मकवानपुर जिल्लाको साविक फाखेल गा.वि.स. हालको इन्द्रसरोवर गाउँपालिका वडा नं. ४ र ५ कार्य क्षेत्र रहेको यस सक्रिय महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापनाको गौरवमय २४ वर्ष पुरा गरी २५ वर्षमा भोलीबाट प्रवेश गर्दैछ ।
ग्रामीण महिलाहरुको आर्थिक उन्नयनको लक्ष्यका साथ स्थापित यो सहकारी संस्थामा २ हजार ३ सय एकाउन्न सदस्य आवद्ध रहेका छन् ।
रजत जयन्ती कार्यक्रममा संस्था स्थापनामा जोडिएका संस्थापक सदस्य तथा विभिन्न समयमा सञ्चालक समितिमा रही जिम्मेवारी गर्नु भएका व्यक्तित्वहरुलाई सम्मान तथा कदर पत्रले सम्मानित गरिनेछ ।