२५ औं वार्षिक साधारण सभा सम्पन्न
सक्रिय महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औं वार्षिक साधारण सभा २०८२ साल असोज १० गते संस्था परिसरमा प्रतिनिधिमुलक समापन कार्यक्रमको आयोजना गरी सम्पन्न भयो।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष श्री श्रमिक लामाले गर्नुभएको थियो। प्रमुख अतिथिको रूपमा इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष श्री देवकृष्ण पुडासैनी उपस्थित हुनुभएको थियो भने कार्यक्रमका विशिष्ट अतिथिमा इन्द्रसरोवर गाउँपालिकाका निवर्तमान अध्यक्ष श्री जीवन लामा विभिन्न वडाका वडाध्यक्ष तथा संस्थाका पूर्व अध्यक्षहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घाटन राष्ट्रिय गानसहित गरिएको थियो। स्वागत मन्तव्य संस्था उपाध्यक्ष सानुकान्छी स्याङ्तानले प्रस्तुत गर्नुभएको थियो ।

वार्षिक प्रतिवेदन अध्यक्ष श्री श्रमिक लामा, कोषाध्यक्षको प्रतिवेदन व्यवस्थापक श्री सविना लामा र लेखा तथा सुपरिवेक्षण प्रतिवेदन लेखा संयोजक श्री विष्णुदेवी कार्कीले प्रस्तुत गर्नु भएको थियो ।

प्रतिवेदन प्रस्तुति पश्चात् सदस्यहरूबाट छलफल, सुझाव र प्रश्नहरू प्रस्तुत गरिएको थियो। छलफलमा आएका सुझाव र सिफारिसहरू संस्थाले आगामी वर्षका योजनामा समेट्ने प्रतिबद्धता जनाएको छ ।

कार्यक्रममा सहकारी क्षेत्रको योगदान, संस्थाको विगत २५ वर्षको यात्रा, सदस्यहरूको सहभागिता र भविष्यका योजनाबारे विशेष चर्चा भयो ।
