२५ औं वार्षिक साधारण सभामा हुने ।

सक्रिय महिला बचत तथा ऋण सहकारी संस्था लि. फाखेल मकवानपुरको २५ औं वार्षिक साधारण सभा यही २०८२ असोज ०३ गते शुक्रवार हुने भएको छ ।
२०८२ श्रावण २१ गते बुधवार बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार संस्थाको २५ औं वार्षिक साधारण सभा हुन लागेको हो ।
साधारण सभामा आ.व. २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन एवम् आ.व. २०८२/०८३ को प्रस्तावित नीति तथा कार्यक्रम, आ.व. २०८१/०८२ को आर्थिक प्रतिवेदन एवम् आ.व. २०८२/०८३ को प्रस्तावित बजेट कार्यक्रम, आ.व. २०८१/०८२ को लेखापरीक्षण प्रतिवेदन, लेखा तथा सुपरीवेक्षण समितिको वार्षिक प्रतिवेदन पारित, शेयर लाभांश एवम् संरक्षित पूँजी फिर्ताकोष वितरण, आ.व. २०८२/०८३ को लागि लेखापरीक्षक नियुक्ति र नीजको पारिश्रमिक निर्धारण, आन्तरिक कार्यविधि संशोधन तथा पारित, साधारण सभा निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि चयन, सदस्यहरुबाट सुझाव संकलन, अन्य सहकारी संस्थाहरुसंग एकीकरण रसञ्चालक, व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संस्थाका सचिव मानकुमारी तामाङद्वारा जारी सूचनामा उल्लेख छ ।
कार्यक्रम यही २०८२ असोज ०३ गते शुक्रवार विहान १० बजे इन्द्रसरोवर-४, फाखेल सहकारी भवन परिसरमा आयोजना हुने सूचनामा उल्लेख छ ।