डाउनलोड
सदस्यफारम
इन्द्रसरोवर-४, फाखेल, मकवानपुर

सञ्चालक क्षमता विकास तथा रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला शुरु

१७ पुस २०८१, बुधबार

सक्रिय महिला बचत तथा ऋण सहकारी संस्था लि. ले सञ्चालक क्षमता विकास तथा रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला शुरु गरेको छ । बागमती प्रदेशको पर्यटकीय नगरी सौराहमा ४ दिने कार्यशाला शुरु भएको संस्थाका  व्यवस्थापक सविना लामाले जानकारी दिनुभएको छ ।

गत  असोज २० गते सम्पन्न संस्थाको २४ औं वार्षिक साधारण  सभा मार्फत् निर्वाचित सञ्चालक समितिका सदस्यहरुको क्षमता अभिवृद्धि तथा आगामी चार वर्षका लागि संस्थाको मार्ग चित्र कोर्ने कार्यशालाको सहजीकरण नेफ्स्कुनका वरिष्ठ तालिम अधिकृत कोमलराज अधिकारी  र तालिम अधिकृत रविन्द्र श्रेष्ठले गरिरहनु भएको छ ।