सक्रिय महिला साकोसले माग्यो एकै पटक २ कर्मचारी ।
१३ चैत २०८१, बुधबार

सक्रिय महिला बचत तथा ऋण सहकारी संस्था लि. इन्द्रसरोवर ४ फाखेलले संस्थाको चखेल सेवाकेन्द्रका लागि कर्मचारी माग गरेको छ । संस्थाले मिति २०८१ चैत्र १३ गते सूचना जारी गर्दै बचत सहायक तह तीन र कार्यालय सहयोगी माग गरेको हो ।
बचत सहायकका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा +२ उतीर्ण गरी १८ वर्ष पुरा भै ४० वर्ष ननाघेको र कार्यालय सहयोगीलाई मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा +२ उतीर्ण गरी १८ वर्ष पुरा भै ४० वर्ष ननाघेको योग्यता निर्धारण गरेको छ ।
सूचना प्रकाशन भएको मितिले १० दिन भित्र संस्थको मुख्य तथा चखेल सेवाकेन्द्र र संस्थाको इमेल sakriyamahila2057@gmail.com मा दरखास्त पेश गर्न सकिनेछ ।
थप जानकारीका लागि उल्लेखित सूचनामा हेर्न सकिन्छ ।