डाउनलोड
सदस्यफारम
इन्द्रसरोवर-४, फाखेल, मकवानपुर

२४ औं सधारण सभा सम्पन्न, चुनिए नयाँ समिति ।

२० असोज २०८१, आइतबार

मिति २०८१ असोज २० गते सकृय महिला बचत तथा ऋण सहकारी संस्था  लिमिटेड को २४ औं वार्षिक साधारण सभा तथा अधिवेशन कार्यक्रम समपन्न भयो । प्रतिनिधि सभाका माननीय सदस्य महेशकुमार बर्तौला ज्यूको प्रमुख आतिथ्य तथा इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी ज्यूको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सञ्चालक समितिका तर्फबाट संस्थाका अध्यक्ष श्री श्रमिक लामा ज्यूले आ.व. २०८०/०८१ को प्रगति प्रतिवेदन तथा आगामी आ.व. २०८१/०८२ को प्रस्तावित नीति तथा कार्यक्रम पेश गर्नु भएको थियो ।

वि.सं.२०५४ साल देखि सविकको फाखेल गा.वि.स.का आमा दिदी बहिनीहरू एकत्रित भई समुहको गठन गरि मिति २०५६ साल मंसिर १० गते ३५ जना शेयर सदस्यहरूबाट विधिवत् रुपमा स्थापना भएको सक्रिय महिला साकोसले यहाँ सम्म आइपुग्दा २४ औं वर्ष पार भैसकेको अवस्था छ ।

सम्मानित सभामा सञ्चालक समितिका तर्फबाट संस्थाका अध्यक्ष श्री श्रमिक लामा ज्यूले आ.व. २०८१/०८२ का लागी प्रस्तावित भई पारित भएका नीति तथा कार्यक्रमहरु निम्नानुसार रहेका छन् ।

  • सदस्य र समुदाय संग सक्रिय महिला साकोस कार्यक्रम तर्जुमा गरी कार्यन्वयन गरिने।
  • महिला तथा युवाहरूको स्वरोजगारका लागि सिप विकासका कार्यक्रमहरू तर्जुमा गरि कार्यन्वयन गरिने ।
  • बाल बचतकर्ता र युवा केन्द्रित कार्यक्रमहरू तर्जुमा गरी कार्यन्वयन गरिने ।
  •  समुहलाई थप व्यवस्थापन गरी महिला तथा समुह पदाधिकारीहरूको नेतृत्व विकास कार्यक्रम तर्जुमा गरी प्रभावकारी रुपमा कार्यन्वयन गरिने ।
  • वातावरण मैत्रि र प्रविधियुक्त सेवामा केन्द्रित भई वित्तीय कारोबारलाई

सुरक्षित रुपमा संचालन गरिने ।

  • स्थानिय संघ संस्था गाउँपालिका कार्यालय कार्यक्षेत्रभित्रका वडाहरू शैक्षिक संस्थाहरू संग समन्वय गरी वातावरण संरक्षणका कार्यहरू सम्पन्न  गरिने ।

7. विभिन्न संस्थाहरूको समन्वयमा विभिन्न जनसचेतनामुलक कार्यक्रमहरू संचालन गरिने ।

८. सदस्य प्रोत्साहन कार्यक्रम अन्र्तगत राहत कार्यक्रमलाई थप व्यवस्थापन गरी संचालन गरिने ।

९. संचालक समिति उपसमितिको क्षमता अभिबृद्धि कार्यक्रम तर्जुमा गरी संचालन गरिने ।

१०. कार्यालयको कार्यभारको आधारमा कर्मचारी दरबन्दी व्यवस्था गरी समय सापेक्ष कर्मचारीहरूको सेवा सुविधा बृद्धिविकास कार्यक्रमहरू, क्षमता अभिबृद्धि सम्बन्धी कार्यक्रमहरू संचालन गरिने ।

११. सदस्य सम्मान एवं प्रोत्साहन कार्यक्रमलाई थप परिमार्जन गरी कार्यन्वयन गरिने ।

१२. वार्षिक रुपमा कम्तीमा १०% सदस्यहरू माझ सदस्य सन्तुष्टि सर्वेक्षण गर्ने र संस्थाबाट प्रदान गरिएको सेवा प्रभावकारीता सम्बन्धी अèययन विश्लेषण कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गरिने ।

१३. स्थानिय निकाय संग सम्झौता गरी कृषि प्रवद्र्धन गर्न ७०% व्याज अनुदान कार्यक्रमलाई निरन्तरता दिइ थप साझेदारी कार्यक्रम संचालन गरिने ।

१४. संस्थामा रहेको बस्तु तथा सेवाहरूमा आवश्यक संशोधन गरी प्रभावकारी वस्तु तथा सेवा नयाँ विकास गरी संचालन गरिने ।

१५. सदस्यहरूलाई सहकारी शिक्षा शिविर वित्तीय साक्षरता सदस्य अन्तरक्रिया कार्यक्रमहरू संचालन गरिने ।

१६. पूर्ण व्यवसायिकता एवं साकोस विकास प्रोबेसन कार्यक्रमका सुचकहरूमा  रहि ब्राण्ड प्राप्त गरिने ।

१७. सदस्य क्षमता तथा नेतृत्व विकास कार्यक्रमहरू तर्जुमा गरी संचालन गरिने ।

१८. संस्थामा आईपर्ने जोखिमहरूको त्रैमासिक रुपमा विश्लेषण गरी आवश्यक योजना निर्माण गरी व्यवस्थापन गरिने ।

१९. व्यवसाय प्रर्वद्धन सेवा डेक्स संचालन गरि निरन्तर रुपमा उद्यमी सदस्य उत्पादनको लागि आवश्यक आन्तरिक कार्यविधि निर्माण गरी व्यवसाय प्रर्वद्धन परामर्श सेवा कार्यलाई निरन्तर संचालन गरिनेछ ।

२०. सदस्यका अन्य आर्थिक विकासमा केन्द्रित कार्यक्रमहरू संचालन गरी छुटेका सदस्यहरूलाई संस्था संग जोडिने छ ।

२१. सदस्यहरूलाई गुणस्तरीय सेवा प्रदान गर्न सदस्य मैत्री कार्यालय व्यवस्थापन गर्न मुख्य कार्यालयको प्रशासन शाखा, ऋण शाखा, सहयोगी कक्ष, पुस्तकालय र सेवा केन्द्रलाई थप व्यवस्थापन गर्नेछ । साथै भौतिक सम्पत्तिहरूको उचित व्यवस्थापन गरिने ।

२२. ऋण कागजात व्यवस्थापन सफ्टवयर मार्फत ऋण कागजात सुरक्षित वैधानिक तथा व्यवस्थित गरिने ।

२३. यस आ.व. मा १०० जना उद्यमीहरू प्रवर्द्धन गरिने ।

२४. प्राणघातक रोगहरूको महङ्गो उपचार गर्न नसकि अकाल मृत्युबाट बचाउन प्राणघातक रोगहरूको उपचारका लागि विमा कार्यक्रम सञ्चालन गरिने ।

उल्लेखित आगामी कार्यक्रम बहुमतले पारित गरी चालू आ.व.२०८१/०८२मा कार्यान्वयनका लागि अख्तियारी प्राप्त भयो ।

यस्तै कार्यक्रममा सञ्चालक समितिकै तर्फबाट कोषाध्यक्ष श्री सञ्जुमाँया लामाले आर्थिक वर्ष २०८०/०८१ को आर्थिक प्रतिवेदन तथा वर्ष २०८१/०८२ को प्रस्तावित लक्ष्य तथा वजेट कार्यक्रम कार्यक्रम पेश गर्नुभएको थियो ।

जसमा आ.व. २०८१/०८२ को लागी देहाय अनुसार प्रस्तावित योजना पेश भइ सम्मानित सभाबाट पारित भएको थियो ।

क) आ. व ०८०।०८१को लेखा परीक्षकद्धारा प्रस्तुत लेखा परीक्षण प्रतिवेदन पारित ।

ख) आ. व. ०८०।०८१ को मुनाफा बाँडफाँडबाट रहेको कोषहरूमा आ.व २०८१।०८२ को मसान्तमा खर्च नभई कोषमा बाँकी रहेको रकम साधारण जगेडा कोषमा रकमान्तर गर्न संचालक समितिलाई अख्तियारी प्रदान ।

ग) संचालक समितिको बैठक भत्ता र भ्रमण भत्ता स्वीकृत ।

घ) व्यवस्थापकको मासिक पारिश्रमिक संचार खर्च अन्य सुविधाहरू स्वीकृतार्थ प्रस्ताव पेश ।

ङ) प्रस्तावित चालु आ.व. ०८१।०८२ अनुमानित बजेट तथा कार्यक्रमस्वीकृत ।

साकोस सञ्चालनको महत्वपूर्ण अंग लेखा पनि हो । वार्षिक योजना कार्यान्वयन र सोको नियमन तथा नियन्त्रण गर्न लेखा तथा सुपरिवेक्षण समितिको समेत महत्वपूर्ण भूमिका रहेको हुन्छ । एक आर्थिक वर्ष भरीका लागि साधारण सभाबाट निर्णय भै कार्यान्वयन भए गरेका कार्यहरुको अनुगमन तथा सोका क्रममा भएका सकारात्मक तथा सुधार्नु पर्ने पक्षका बारेमा यो समितिले महत्वपूर्ण राय तथा सुझाव दिने गर्दछ । सोको अक्षरसः पालना गर्ने हो भने तोकिएका वार्षिक लक्ष्य भेटाउन सहज हुन्छ ।सोका लागि कार्यक्रममा लेखा तथा सुपरिवेक्षण समितिका संयोजक श्री विष्णुदेवी कार्कीले आर्थिक वर्ष २०८०/०८१ को संस्थाको आन्तरिक लेखा तथा सोको प्रतिवेदन सम्मानित सभा समक्ष पेश गर्नुभयो ।

सम्मानित साधारण सभामा लेखा तथा सुपरिवेक्षण समितिका तर्फबाट आन्तरिक कार्यालय सञ्चालनका क्रममा निम्नानुसारको सुझावहरु प्राप्त भएका छन् ।

१. संस्थाको लेखा पद्धतिलाई प्रभावकारी रुपमा प्रविधिबाट सुरक्षित राख्ने ।

२. निक्रिय रहेको सदस्यहरूलाई सक्रिय बनाउन आवश्यक पहल कार्यक्रमहरू संचालन गर्ने।

३. संस्थामा  आईपर्ने  जोखिम  मुल्याङ्कन  गरी  आवश्यक योजनाहरू निर्माणका साथै निरन्तर संस्था सुरक्षित राख्ने ।

४. व्याजदर संशोधन गर्दा आवश्यक कार्यविधि निर्माण गरी सोही अनुसार संशोधन गर्ने ।

५. ऋण लागनी पुर्व ऋण परामर्शलाई अझ प्रभावकारी बनाउने ।

६. संस्थामा कानुनी सल्लाहकारको व्यवस्था गर्ने ।

७. संस्थाले संचालनमा ल्याएको वस्तु तथा सेवाहरूमा सदस्यहरूको सहभागिता अझ बृद्धि गर्ने ।

८. संस्थागत लक्ष्य प्राप्तीमा जोड प्रभावकारी कार्य सम्पादन हुनुपर्ने ।

९. प्रोवेसन ब्राण्ड कार्यक्रमलाई निरन्तरता दिनुपर्ने ।

१०. सदस्य बृद्धिका लागि आवश्यक योजना निर्माण गरी प्रभावकारी कार्यन्वयन गर्नुपर्ने ।

११. संस्थाको बचत बृद्धि गर्ने योजनाहरूलाई प्रभावकारी कार्यन्वयन गरी बचत बृद्धि गरी संस्थागत बृद्धि विकास गर्ने ।

१२. संस्थागत वित्तीय कारोबार बढ्दै गएको अवस्थालाई मध्यनजर गरी

सुरक्षा व्यवस्थाको लागि सुरक्षा गार्डको व्यवस्था गर्नुपर्ने ।

१३. नक्कली नोट पहिचान मेशिन सेवा केन्द्रमा पनि व्यवस्था गर्नुपर्ने ।

१४. सदस्यहरूलाई गुणस्तरीय सेवालाई èयानमा राखि प्रभावकारी नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यन्वयन गर्नुपर्ने ।

१५. संचालक सदस्यहरू अझ सक्रिय भई आवश्यक सदस्य प्रोत्साहन नीति तथा कार्यक्रमहरू संचालन गरि संस्थागत बृद्धि गर्नुपर्ने ।

१६. निरन्तर रुपमा संचालक कर्मचारी क्षमता अभिबृद्धि कार्यक्रमहरू संचालन गर्नुपर्ने ।

१७. सदस्य सुरक्षा कार्यक्रमहरूलाई प्रभावकारी रुपमा संचालन गर्नुपर्ने ।

१८. संस्थाको भवनलाई सुरक्षित राख्न भवनको बिमा गर्नुपर्ने ।

१९. सेवा केन्द्रमा बसेको नगदको सुरक्षाको लागि भǔटको व्यवस्था गर्नुपर्ने ।

20. संस्थागत लेखा पद्धतिलाई अझ अत्याधुनिक प्रविधिबाट सुरक्षित कायम राख्ने व्यवस्था गर्नुपर्ने ।

समग्रमा उल्लेख्य सदस्यहरुको सहभागितामा यस वर्षको साधारण सभा सम्पन्न भयो । अर्को महत्वपूर्ण कार्यक्रम यसपटक यस साकोसको अधिवेशन कार्यक्रम पनि रह्यो । तत्कालीन सञ्चालक समितिका अध्यक्ष श्री श्रमिक लामाज्यूको अध्यक्षतामा मौजुदा सञ्चालक समिति भंग भई नयाँ समितिको चयन गरियो । जसमा निम्नानुसारका व्यक्तित्व रहने गरी आगमी कार्यकालका लागि सञ्चालक तथा लेखा सुपरिवेक्षण समिति चयन भयो ।

तपसिलः

  •  अध्यक्षः     श्री श्रमिक लामा
  •  उपाध्यक्षः    श्री सानुकान्छी स्याङ्तान
  •  सचिवः      श्री मानकुमारी तामाङ
  •  सहसचिवः   श्री सिम्रन गुरुङ
  •  कोषाध्यक्षः  श्री सञ्जुमाँया लामा
  •   सदस्यः    श्री दुर्गावती थोकर
  •   सदस्यः    श्री निर्मला घलान
  •   सदस्यः    श्री संगीता लामा
  •   सदस्यः    श्री सीता कार्की
  •   सदस्यः     श्री सर्मिला भ्लोन
  •   सदस्यः     श्री शोभा कामी

लेखा तथा सुपरिवेक्षण समितिः

  • संयोजकः       श्री विष्णुदेवी कार्की
  • सदस्यः        श्री नमिता दुतराज
  • सदस्यः श्री रीता थिङ

वि.सं.२०५४ साल देखि सविकको फाखेल गा.वि.स.का आमा दिदी बहिनीहरू एकत्रित भई समुहको गठन गरि मिति २०५६ साल मंसिर १० गते ३५ जना शेयर सदस्यहरूबाट विधिवत् रुपमा स्थापना भएको सक्रिय महिला साकोसले यहाँ सम्म आइपुग्दा २४ औं वर्ष पार भैसकेको अवस्था छ ।

गरिबी, अशिक्षा, लैङ्गिक विभेद लगाएतका समस्याहरूलाई न्यूनिकरण गर्दै सामाजिक तथा आर्थिक परिर्वतनका लागि साविकको फाखेल गाविस हाल इन्द्रसरोवर गाउँपालिकाका वडा नं. ४ र ५ का बालबालिकाको शैक्षिक विकास तथा महिलाहरूको सामाजिक सचेतना तथा आर्थिक आत्मनिर्भरताको उद्देश्यले महिलाहरूको समृद्धिको सपना लिएर उभिएको संस्था आज राष्ट्रिय ब्राण्ड “पूर्ण व्यवसायीक साकोस विकास कार्यक्रम” प्रोबेशन कार्यक्रममा सहभागी भई सफलता समेत प्राप्त गरि आफ्नो दिगोपना र सदस्यहरूलाई गुणस्तरीय सेवा प्रदान गर्न सक्षम भएका छ ।

यसै गरि २४ औं बार्षिक साधारण सभा सम्म आईपुग्दा निरन्तर २ पटक प्रोबेशन ब्राण्ड प्राप्त गरि उत्कृष्ट सहकारीको रुपमा उभिन यो साकोस सफल भएको इतिहास छ। जिम्मेवार र लगनशिल कर्मचारी,  क्रियाशिल सञ्चालकका साथै इमान्दार धैर्यवान सदस्यहरू भएकै कारण यो साकोसले स्थापना काल देखि नै यस भेगका महिलाहरुको विश्वास आर्जन गर्न सक्षम भएको छ ।

त्यसैले त समुदायमा आधारित आत्म निर्भर उत्कृष्ट प्रविधियुक्त व्यवसायिक सहकारी संस्था निर्माणको परिकल्पना सहित सहकारी  सिद्धान्त अनुसार बचत तथा ऋणको परिचालनको माध्यमबाट सदस्यहरुको आर्थिक जीवनस्तर सुधार ल्याई आधुनिक प्रविधिको प्रयोग गरी समुदायको पहिलो रोजाईको सहकारी संस्था बनाउने ध्येयका साथ उभिएको सहकारी संस्थमा आवद्ध सदस्यहरुको सन्तुष्टिले नै यस सहकारीले यति लामो इतिहास रच्न सफल भएको हो  ।