सेवा बन्द रहने ।

सक्रिय महिला बचत तथा ऋण सहकारी संस्था लि. यहि मिति २०८१ मंसीर १० गते आफ्नो स्थापनाको २४ औं वर्ष पार गर्दै २५ औं वर्षमा प्रवेश गरेको छ । वि.सं. २०५४ सालमा प्लान नेपालको सहजीकरणमा विभिन्न महिला समुहहरु गठन गर्दै स-साना पूँजीबाट बचतको अभ्यास गर्दै आएको यो संस्था मिति २०६५ मसीर १० गते विधिवत् दर्ता भै सदस्य माझ सेवा पुयाउँदै हाल २६ वर्षमा प्रवेश गरेको हो ।
सो अवसरमा संस्थाका अध्यक्ष श्रमिक लामामाले समस्त शेयर सदस्य, सञ्चालक समिति, लेखा तथा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति, कर्मचारी वर्ग, सहकारी अभियन्ता, देश तथा विदेशमा रहनुहुने यस संस्थासंग प्रत्यक्ष र परोक्ष शुभेच्छा राख्नुहुने शुभ चिन्तक महानुभावहरुमा संस्था स्थापनाको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
संस्थाले आफ्नो स्थापनाको रजत जयन्ती (२५ औं स्थापना दिवस) को शुभ अवसरमा संस्था स्थापनामा अद्वितीय योगदान पुर्र्याउनु हुने व्यक्तित्वहरुको सम्मानार्थ बृहत कार्यक्रम आयोजना छ । संस्थाको मुख्य तथा चखेल सेवा केन्द्रबाट दैनिक प्रवाह भै दिदैं आईरहेको सेवा भोली मंसीर १० गते
सोमवार १ दिनका लागि बन्द रहने समेत अध्यक्ष लामाले जारी गरेको सूचनामा उल्लेख छ ।
सुरुवाती चरणमा बहुउद्देश्यीय सहकारीका रुपमा स्थापित यो संस्थाले मिति २०६३ जेठ २ गतेबाट भने बचत तथा ऋण सेवा दिदै आईरहेको छ । संस्थामा करीव २३ सय जना सदस्यहरु आवद्ध रहेका छन् ।
जारी सूचना ।