डाउनलोड
सदस्यफारम
इन्द्रसरोवर-४, फाखेल, मकवानपुर

बालविवाह न्यूनीकरणका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

२२ मंसिर २०८१, शनिबार

इन्द्रसरोवर गाउँपालिकाको आर्थिक सहयोग सक्रिय महिला बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा बालविवाह न्यूनीकरणका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

“हामी सबैको प्रतिवद्धता, लैंगिक हिंसा विरूद्धको ऐक्यवद्धता” भन्ने नाराका साथ यस वर्ष लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बाल बिबाह न्युनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम इन्द्रसरोवर गाउँपालिका वडा नं‍. ४ फाखेलमा सम्पन्न भएको हो ।

इन्द्रसरोवर गाउँपालिकाका उपाध्यक्ष श्री उमा कुमारी लामाज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा इन्द्रसरोवर गाउँपालिका कार्यपालिका सदस्य श्री सबित्री सुनार र शोभा कामी ज्यूको समेत उपस्थिति रहेको थियो ।

बागमती प्रदेश बचत तथा ऋण सहकारी संस्था लि. उपाध्यक्ष तथा जिल्ला बचत तथा ऋण सहकारी संघ लि, मकवानपुरका अध्यक्ष श्री कल्पना श्रेष्ठ ज्यू साथै संस्थाको अध्यक्ष श्री श्रमिक लामा ज्यू को सहजीकरणमा सम्पन्न कार्यक्रममा बालबालिका तथा अविभावकहरुको उपस्थिति रहेको थियो ।